झापा । 

झापाबाट बिभिन्न मिति र मुद्दामा फरार रहेको ३४ जना प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले बिहीवार ३४ जना फरार प्रतिवादी पक्राउ गरी २६ जनालाई जरिवाना तिराई छाडिएको र आठ जना कैद भुक्तानको लागि कारागार कार्यालय झापा चालन गरिएको जनाएको छ ।

झापा जिल्ला अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कर्तव्य ज्यान मुद्दाको फैसला भएका दमक–८ का २८ बर्षिय अप्सर अन्सारी,  । चोरी मुद्दामा फैसला भई फरार रहेकासाबिक गरामनी गाबिस–३ का ४६ बर्षि मंगल हस्दा, चोरी मुद्दाकै फैसला भई फरार रहेका अर्जुनधारा–६ का २० बर्षिय लुते मुस्लिम भन्ने महमद सजाक, कर्तव्य ज्यान मुद्दाको कैद फैसला भई फरार रहेका दमक–१३ हाल परिवर्तित दकम–८ का २९ बर्षिय राहुल साह रहेका छन् । 

त्यसैगरी फैसला सदर गर्ने गरी भएको उच्च अदालत बिराटनगर इलाम ईजलासको फैसला अनुसार चोरी मुद्धामा फैसला भई फरार रहेका दमक–४ का २५ बर्षिय सुवास भन्ने लुखिराम हस्दा, उच्च अदालत पाटनको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा फैसला भई फरार रहेका साबिक तोपगाछी –७, हाल कमल–३ का २६ बर्षि बिक्रम राउत र कर्तव्य ज्यान मुद्दामा कैद फैसला भई फरार रहेका साबिक दमक–१३, हाल परिवर्तित दमक–८ का  ३० बर्षिय बिनोद आले मगरलगायतलाई कैद भूक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।