लक्ष्मीपुर । 

नेपाल दशनामी समाजको केन्द्रीय कार्यालय घर जग्गा व्यवस्थापनका लागि आर्थिक स्रोत  संकलन गर्न मेचीमहाकाली अभियान अन्तर्गत बागमती प्रदेश भेला सम्पन्न भएको छ ।  समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव गिरीको अध्यक्षतामा काठमाडौंमा प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिमुलक सहभागीतामा भेला सम्पन्न भएको हो । बिहीवार काठमाडौंमा भएको भेलामा समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष रविन्द्रप्रसाद गिरी, संस्थापक संरक्षक कृष्णकुमार गिरी, उपाध्यक्ष हिमाल गिरी, कार्यवाहक महासचिव अशोक गिरीको बिशिष्ठ आतिथ्य रहेको थियो ।  उक्त कार्यक्रममा संरक्षक जयराम पुरी, केन्द्रीय सचिव सन्ताेष गिरी, केन्द्रीय कोषाध्यक्ष भक्तबहादुर पुरी, सदस्यहरु राजिव गिरी, जगनाथ गिरी, एलबी गिरी, पुर्ण गिरी, तुलसी गिरी, बागमती प्रदेश अध्यक्ष शशी गिरी, संस्थाका पूर्व सल्लाहकार, पूर्व पदाधिकारी, सदस्य लगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा सहयोग रकम घोषणा गर्ने सबै दाताहरूले यथासक्य केन्द्रीय कार्यालय निर्माण हुनुपर्ने र सो कार्यका लागि सबैले आर्थिक योगदान गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बागमती प्रदेश भित्रका केन्द्रीय पदाधिकारी, सदस्य, पूर्व पदाधिकारी र सल्लाहकार, प्रदेश समिति जिल्ला समितिका तर्फबाट जम्मा ९ लाख ८७ हजार ८९९  रुपैयाँ प्रदान गर्ने घोषणा भएको कार्यबहाक महासचिव अशोक गिरीले जानकारी दिए । 

समाजको केन्द्रीय कार्यालय घर जग्गा व्यवस्थापनका लागि आर्थिक स्रोत  संकलन गर्न मेची महाकाली अभियान अन्तरगत गत फागुन ३ गते कोशी प्रदेशमा भेला सम्पन्न भएको थियो भने बिहीबार हिजो बाग्मती प्रदेशमा भेला सम्पन्न भएको हो । फागुन १९ गण्डकी प्रदेशको भेला पोखरामा, २१ गते लुम्बीनी प्रदेशको भेला दाङमा, २३ गते कर्णाली प्रदेशको भेला सुर्खेतमा र २५ गते सुदुरश्चिम प्रदेशको भेला महेन्द्रनगरमा सम्पन्न गर्ने कार्यतालिका रहेको बताइएको छ । 

प्रदेश भेलामा घोषणा गरिएको रकम घर जग्गा ब्यवस्थापनका लागि कार्यन्वयनमा लैजान फागुन २७ गते चितवनमा केन्द्रिय कार्यसमितिको बैंठक बसी निर्णय गरिने कार्यबहाक महासचिव अशोक गिरीले बताएका छन् ।