झापा ।

 झापा गोल्डकपले डोमालाल राजवंशी रंगशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई  एक लाख रुपैयाँ सहयोग गरेको छ ।  डोमालाल राजवंशी रंगशालामा  आजदेखि शुरु भएको छैटौं झापा गोल्डकपको  उद्घाटनका अवसरमा जग्गादाता राजवंशीको परिवारलाई सो नगद प्रदान गरिएको हो ।

समाजसेवी विवेक प्रसाई र संगीता प्रसाईद्वारा उपलव्ध गराइएको एक लाख नगद राजवंशी परिवारलाई प्रदान गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । उनले झापा गोल्डकपको बजेटबाट एक लाख रुपैयाँ सहयोग गर्न अपुग भएपछि सहयोगी खोजी गरी डोमालालका नाति भीम राजवंशीलाई प्रदान गरिएको  जानकारी दिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चेक हस्तान्तरण गरेका थिए । 

अध्यक्ष बस्नेतले सहयोगी प्रसाई दम्पत्तीलाई धन्यवाद दिएका छन् ।े जग्गादाता राजवंशीको परिवारप्रति गोल्डकपका अध्यक्ष बस्नेत सकारात्मक देखिएको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए । डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिव १३ विगाह जग्गा दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालको परिवारले मजदुरी गरी गुजारा गरिरहेका छन् ।