लक्ष्मीपुर । 

नेपाल दशनामी समाज केन्द्रीय कार्यालय घरजग्गा व्यवस्थापनका लागि आर्थिक स्रोत संकलन गर्न मेची महाकाली अभियान अन्तर्गत गण्डकी  प्रदेश भेला सम्पन्न भएको छ । 

गण्डकी प्रदेश अध्यक्ष मोती गिरीको अध्यक्षतामा कास्कीको पोखरा–८ सम्पन्न भेलालले ८ लाख ६२ हजार २११ रुपैयाँ प्रदान गर्ने घोषणा भएको समाजका केन्द्रिय कार्यबहाक महासचिव अशोक गिरीले जानकारी दिए । 

गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिमुलक सहभागीता भएको भेलामा समाजका केन्द्रीय अध्यक्ष गोविन्दविक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो । 

भेलामा वरिष्ठ  उपाध्यक्ष तारा गिरी,  संस्थापक संरक्षक कृष्णकुमार गिरी, उपाध्यक्ष सरस्वती गिरी, कार्यबाहक महासचिव अशोक गिरीको बिशिष्ट आतिथ्य रहेको थियो ।  कार्यक्रममा केन्द्रीय सचिव जगतमोहन गिरी, सन्तोष गिरी, कोषाध्यक्ष भक्तबहादुर पुरी, सदस्य तिला गिरी, शारदा गिरी, एलबी गिरी, पूर्व सल्लाहकार, सदस्यलगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा सहयोग रकम घोषणा गर्ने सबै दाताहरूलेचाँडो केन्द्रीय कार्यालय निर्माण हुनुपर्ने र सो कार्यका लागि सबैले आर्थिक योगदान गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश  सचिव बेवराज गिरीले गरेका थिए । 

समाजको केन्द्रीय कार्यालय घर जग्गा व्यवस्थापनका लागि आर्थिक स्रोत  संकलन गर्न मेची महाकाली अभियान अन्तरगत गत फागुन ३ गते कोशी प्रदेश,  १७ गते बाग्मती प्रदेश र फागुन १९ गण्डकी प्रदेशको भेला पोखरामा सम्पन्न भएको छ ।  त्यस्तै २१ गते लुम्बीनी प्रदेशको भेला दाङमा, २३ गते कर्णाली प्रदेशको भेला सुर्खेतमा र २५ गते सुदुरश्चिम प्रदेशको भेला महेन्द्रनगरमा सम्पन्न गर्ने कार्यतालिका रहेको छ । 

प्रदेश भेलामा घोषणा गरिएको रकम घर जग्गा ब्यवस्थापनका लागि कार्यन्वयनमा लैजान फागुन २७ गते चितवनमा केन्द्रिय कार्यसमितिको बैंठक बसी निर्णय गरिने कार्यबहाक महासचिव अशोक गिरीले बताएका छन् ।