झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ५ घोडाधिनस्थित भित्री पक्कि सडकखण्डमा भएको सवारी दुर्घटनमा घाइते भएको एक जनाको मृत्यु भएको छ । 

घैलाडुब्बाबाट  नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्वरको सेतो कलरको बुलेट मोटरसाइकलले शनिवार साँझ ७ बजेको समयमा पैदल यात्रीलाई ठक्कर दिदा दुई जना घाइते भएका थिए । 

घाइते हुनेमा पैदल यात्री सोही स्थानका  ५५ बर्षिया देविमाया बि.क. र सोही स्थानकी ६ बर्षिया निशा बि.क. मध्ये घाइते देबीमायाको उपचारको  क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

देबीमायालाई ७ः३० बजे डाक्टरले मृत घोषणा गरेको र बालिका निशा विकको नाँकमा चोट लागेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।  मोटरसाइकल इलाका प्रहरी कार्यालय नकलबन्दाको नियन्त्रणमा रहेको, चालक तत्काल फेला नपरेको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।