बिर्तामोड । 

मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्षमा ऋषभ मित्तल चयन भएका छन् ।  सातौं कार्यकालको लागि अध्यक्षमा मित्तल चयन भएका हुन् । साधारणसभाले मित्तललाई २ बर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 

मञ्चको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल (गोयल), उपाध्यक्षमा  पवन शर्मा, महासचिवमा  जीवन अग्रवाल (बंसल), कोषाध्यक्षमा सेंकि अग्रवाल, सचिवमा धीरज अग्रवाल सह–सचिवमा रवि शर्मा, सह–कोषाध्यक्षमा टोनी अग्रवाल (जिंदल), जन–सम्पर्क अधिकारीमा सुबित अग्रवाल चयन भएका छन् । 

त्यस्तै मञ्चको सदस्यहरुमा मनोज गोयल, साहिल अग्रवाल, निलेश अग्रवाल, नितिन अग्रवाल, विकास अग्रवाल, मनीष पोद्दार, अंकित अग्रवाल, राहुल अग्रवाल, रोनक अग्रवाल, पियूष खेतान, आकाश जैन, पंकज गर्ग, मुकेश सिंह चौधरी, आशीष सोनी, आर्यन मित्तल चयन भएका छन् । 

मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहनकुमार मित्तलको प्रमुख आतिथ्य तथा मञ्चका अध्यक्ष टेकेन्द्र अग्रवाल टोनीको अध्यक्षतामा उद्धघाटन कार्यक्रम सम्पन्न भएको थियो । 

मञ्चका बरिष्ठ उपाध्यक्ष ऋषभ मित्तलले स्वागत गरेको कार्यक्रममा मञ्चका कोषाध्यक्ष विशाल गोयलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रगति प्रतिवेदन मञ्चका सचिव जीवन बञ्चलले गरेको कार्यक्रममा सञ्चालन महासचिव पवन शर्माले गरेका थिए ।