झापा । 

झापाबाट कर्तव्य ज्यान मुद्दामा फैसला भई फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर १३ हाल परिवर्तित दमक–८ का २७ बर्षिय समिर अली रहेका छन् । 

फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी अलीलाई फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो । 

अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।