झापा । 

झापाको गौरीगञ्ज गाउँपालिका–६ को श्री खजुरगाछी माध्यमिक बिद्यालयबाट लागू औषध दुब्र्यसन बिरुद्ध सचेतना अभियान शुरु भएको छ । 

गौरीगञ्ज पालिका, इलाका प्रशासन कार्यालय गौरीगञ्ज, इलाका प्रहरी कार्यालय गौरीगञ्ज र प्रस्तावित शसस्त्र प्रहरी गुल्म गौरीगञ्जको संयुक्त सहकार्यमा बिहीबारबाट अभियान शुरु भएको हो । 

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षिक मिलन के.सी, गौरीगञ्ज गाउँपालिकाका प्रमुख फुलवति राजबंशी, इलाका प्रशासन कार्यालय गौरीगञ्जकाका प्रमुख चुडामणि आपँगाई, सहायक प्रहरी बाल नेपाल नं २ गण हेकुवा झापाका प्रमुख कविन्द्र राईलगायतको आतिथ्यमा अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।