बिर्तामोड । 

बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा भएको ‘नगर खेलकूद महोत्सव’ सम्पन्न भएको छ । माघ २६ गते देखि सुरु भएको दौड, निवन्ध लेखन, वादविवाद, चित्रकला, खेलकूद हाजिरि जवाफ, पोस्टर डिजाइनका प्रतियोगिताको फाइनल विरअमरसिंह माविमा सम्पन्न भएको हो ।

विजेता हुनेहरुमा वादविवाद प्रतियोगितातर्फ कृतिका आचार्य पहिलो (निधि मावि), एलिजा भट्टराई दोश्रो (निधि मावि) र तेश्रो सृजा काफ्ले (न्युटन्स मावि) रहेका छन् । त्यसैगरी निवन्ध लेखनतर्फ पुर्निका यादव पहिलो (न्युटन्स मावि), निकिता तामाङ दोश्रो (एभ्रेष्ट स्मार्ट एकाडेमी), र दिपशिखा प्रसाई तेश्रो (नवोदय फनमिन) रहेका छन् । स्पोर्ट क्विजतर्फ निरज न्यौपाने, प्रज्वल आचार्य प्रथम (कञ्चनजंघा मावि), निश्चल कटुवाल, प्रवेशहाङ लिम्बु दोश्रो (सरस्वती एन्जल्स) र प्रशन पौडेल, निशान न्यौपाने (मोहनमाया मावि) रहेका छन् ।

पोष्टर डिजाइनतर्फ प्रावि तह रियाना धिमाल पहिलो (एभरेष्ट स्मार्ट), सुकुन राजवंशी (न्युटन्स) र विभुत निरौला तेश्रो (एसेन्ट एकाडेमी) रहेका छन् । यस्तै निमावि तहतर्फ अन्वेशष ढुंगेल पहिलो (न्युटन्स), अनुजा अधिकारी दोश्रो (निधि मावि) र सविना विश्वकर्मा तेश्रो (एसेन्ट एकाडेमी) रहेका छन् । मावि तहतर्फ उत्प्रेक्षा राजवंशी पहिलो (विराटज्योति), प्रेम प्रकाश यादव दोश्रो (एसेन्ट एकाडेमी) र निनु भट्टराई तेश्रो (एभरेष्ट एकाडेमी) रहेका छन् ।

 प्रतियोगिताको पेइन्टिङ,ड्रोइङतर्फ प्रावि तह अन्तर्गत सुहना सिटौला पहिलो (न्युटन्स), इभाना खनाल दोश्रो (एसेन्ट) र ग्लोरियस गुरुङ तेश्रो (नवोदय फनमिन) भएका छन् ।  निमावि तहतर्फ चेन्जल राजवंशी पहिलो (न्युटन्स), विवेक राजवंशी दोश्रो (नवोदय फनफिन) र विकास राजवंशी तेश्रो (एसेन्ट एकाडेमी) भएका छन् । मावि तहतर्फ सौरभ टुडु पहिलो (एसेन्ट), शृष्टि शाह दोश्रो (नवोदय) र प्राश्ना खड्का तेश्रो (एभरेष्ट एकाडेमी) भएका छन् ।

प्रतियोगिताको रनिङ तर्फ विभिन्न तह अन्र्तगत विजेता छनोट गरीएको छ । सबै विधाका विजेताहरुले पहिलो, दोश्रो र तेश्रोले क्रमश ४ हजार,२ हजार र १ हजार रुपैयाँ नगदसहित प्रमाण पत्रको व्यवस्था गरिएको नगर खेलकूद विकास समितिका सदस्य तथा महोत्सव आयोजक समिति सह–संयोजक विशाल अग्रवालले जानकारी दिए। प्रतियोगिताको छनोट चरणमा विधागतरुपमा दौडमा ६३ जना, निवन्ध लेखनमा ८ जना, वादविवाद प्रतियोगितामा ८ जना, चित्रकलामा १५ जना, खेलकूट हाजिरिजवाफमा ७ जना, पोस्टर डिजाइन र चित्रकलामा १६ जना छनोट भएका थिए ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रमाण पत्र तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेल, कार्यपालिका सदस्य तिला गौतम, न्युटन्स अंग्रेजी स्कुलका प्रिन्सिपल देवेन्द्र हुमागाई, प्रकाश लिङ्देन, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राज आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।