झापा । 

फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व आज देशभर रहेका शिव मन्दिरहरुमा मनाइँदैछ। हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन्। महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको छ।

आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना तथा दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइने गरिन्छ । 

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने गर्छन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि देशभरका शिवालय मन्दिरमा भीड रहेको छ ।