बिर्तामोड । 

नारी दिवसको अवसरमा शुक्रवार (आज) झापामा जारी झापा गोल्डकपमा महिलालाई निःशुल्क खेल हेर्न दिइने भएको छ । झापा गोल्डकप समितिले ११४औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा नारीहरुलाई फुटवल प्रतियोगितामा निःशुल्क प्रवेश दिने भएको हो ।

आज हुने एपीएफ र त्रिभुवन आर्मीबिचको पहिलो सेमीफाइनल खेलमा महिलाहरुलाई निःशुल्क हेर्न पाउने ब्यवस्था मिलाइएको  झापा गोल्डकप समितिका अध्यक्ष बिनोद बस्नेतले जानकारी दिए । 

झापा गोल्डकप झापाको गौरव भएकाले सम्पूर्ण आमा, दिदिबहिनीहरुप्रति सम्मान व्यक्त गर्दै आज नारी दिवसको अवसरमा प्रतियोगिता निःशुल्क हेर्नसमेत निमन्त्राणा गरिएको अध्यक्ष बस्नेतले बताए । 

फागुन १९ गतेदेखि शुरु भएको झापा गोल्ड कप अन्तरगत छैटो प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले १३ लाख र उपबिजेता टिमले नगद ७ लाख रुपैयाँ र आकर्षक ट्रफी पाउनेछन् ।