झापा । 

नेपाल दशनामी समाज केन्द्रीय कार्यालय घरजग्गा व्यवस्थापनका सुदुरपश्चिम  प्रदेश भेलामा तीन लाख ८४ हजार ७६६ रुपैयाँ प्रदान गर्ने घोषणा भएको छ । 

समाज केन्द्रीय कार्यालय घरजग्गा व्यवस्थापनका लागि आर्थिक स्रोत  संकलन गर्न मेचीमहाकाली अभियान अन्तर्गत शुक्रवार सुदुरपश्चिम प्रदेश भेलामा उक्त रकम घोषणा भएको हो । 

समाजका केन्द्रीय  उपाध्यक्ष  हिमालय  गिरीको अध्यक्षतामा  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं १ स्थित दशनामी भवन भेला सम्पन्न भएको थियो । सुदुरपश्चिम  प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिमुलक सहभागीतामा भएको  भेलामा समाजका केन्द्रीय अध्यक्ष गोविन्दविक्रम गिरी प्रमुख आतिथ्य रहेको थियो । 

भेलामा सुदुरपश्चिम प्रदेश  सभा सदस्य मधु भारती, दोधाराचाँदनी नगर प्रमुख किशोर लिम्बू, यूएनडीपी सुदुरपश्चिम प्रमुख वैजयन्ती भारती,  संस्थापक संरक्षक कृष्णकुमार गिरी, कार्यबाहक महासचिव अशोक गिरीको बिशिष्ठ आतिथ्य रहेको थियो ।  कार्यक्रममा केन्द्रीय सचिव सन्तोष गिरी, कोषाध्यक्ष भक्तबहादुर पुरी, सदस्यहरु एलबी गिरी, मन्जु गिरी, मदनराज गिरी, खगेन्द्र पुरी, पूर्व सल्लाहकार, सदस्यलगायतको आतिथ्य रहेको थियो ।  

सोही कार्यक्रमकाबिच दशनामीहरुको राष्ट्रिय पर्वका रुपमा रहेको महाशिवरात्रीको अवसरमा भएको कार्यक्रममा केन्द्रीय समितिका तर्फबाट एक हजार लिटरको खानेपानी ट्याङ्की  दोधाराचाँदनीमा निर्माणाधीन दशनामी सामुदायिक भवनका लागि  हस्तान्तरण गरिएको थियोे भने शिवरात्रीको शुभकामना आदानप्रदानसमेत गरिएको थियो । 

कार्यक्रममा सहयोग रकम घोषणा गर्ने सबै दाताहरूले चाँडो भन्दा चाँडो केन्द्रीय कार्यालय निर्माण हुनुपर्ने र सो कार्यका लागि सबैले आर्थिक योगदान गर्नुपर्नेमा जोड दिएका थिए । सुदुरपश्चिम  प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने  केन्द्रीय पदाधिकारी, सदस्य, पूर्व पदाधिकारी र सल्लाहकारका तर्फबाट जम्मा  ३ लाख ८४ हजार ७६६ रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको कार्यबहाक महासचिव अशोक गिरीले जानकारी दिएका हुन् । 

प्रदेश भेलामा घोषणा गरिएको रकम घर जग्गा ब्यवस्थापनका लागि कार्यन्वयनमा लैजान फागुन २७ गते (भोली) चितवनमा केन्द्रिय कार्यसमितिको बैंठक बसी निर्णय गरिने कार्यबहाक महासचिव गिरीले बताएका छन् ।