झापा । 

झापाबाट दुई जना फरार प्रतिबादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार सवारी ज्यान र लागूऔषध मुद्दाका फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्ने फरार प्रतिवादीमा सवारी ज्यान मुद्दाका शिवसताक्षी–७ भई हाल दमक– ८ बस्ने ३४ बर्षिय तिलमान चेम्जोङ र लागूऔषध मुद्दाका बुद्धशान्ति–१ का २७ बर्षिय सन्देश नेम्वाङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी आइतवार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । 

अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।