संखुवासभा । 

संखुवासभाको चैनपुर नगरपालिका–६ जिरोपोइन्टस्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा बसले किचेर सहचालक धनकुटा नगरपालिका–६ पात्लेखोलाका ३० बर्षिय मनोज खड्का को मृत्यु भएको छ ।

मंगलबार (आज) बिहान साढे ७ बजे नुनढाकीबाट इटहरीतर्फ जाँदै गर्दा को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडीको टायरले किचेर सहचालक खड्का गम्भिर घाईते भएका थिए । 

उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । बस र चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३३ बर्षिय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।