विराटनगर । 

मोरङको बेलबारी–१ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । बेलबारी १ का ५० वर्षीय बमबहादुर लिम्बुले ४५ वर्षीया श्रीमती गीता लिम्बुको मङ्गलबार राती १ः ४५ बजेको समयमा हत्या गरेका थिए । 

घरयासी विवादका कारण बमबहादुरले धारिलो हतियार प्रहार गरी श्रीमति हत्या गरेको प्रराम्भिक चराणको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

श्रीमतीको हत्या गरेपछि श्रीमान बमहादुरले पनि घाँटीमा धारिलो हतियारले रेटेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटल बम बहादुरको पनि मृत्यु भएको छ ।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गर्दै आएको छ । गीताको शव अहिलेसम्म घटनास्थलमै छ भने श्रीमानको शब कोशी अस्पतालमा रहेको छ । बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए । उनीहरुका ८ वर्षीय छोरा भागेर बाचेका छन् ।