झापा ।

झापाको गौरीगञ्ज गाउँपालिका–१ बिर्खे बस्तिमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीय निलकन्ठ घिमिरे रहेका छन् । बुधवार (आज) बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आगलागी हुँदा घिमिरेको आगोले जलेर घटनास्थलमै मृत्यु भएको हो । 

आगोले जलेर मृत्यु भएको खबर प्राप्त भएसँगै प्रहरी चौकी महाभाराबाट प्रहरी टोली गएर घटना स्थल सुरक्षित राखिएको छ । घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली पुगेर मृतक शवलाई सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमाटमको लागि दमक अस्पताल दमक पठाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ।