सुनसरी।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट बेवारिसे लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले बाटो छेउको खोल्सामा जेब्रा झोला बेवारिसे अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त झोलाबाट २७ केजी २३० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 

संकेत तस्वीर