बिराटनगर।

मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागूऔषध गाँजा र प्रतिबन्धि औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार (आज) मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित लागुऔषध बिचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

चेकजाँच गर्दा २७ बर्षीया सुजा लिम्बु र उनको भाई २१ बर्षीय अमृत लिम्बुको साथबाट ट्रामाडोल, डिकोलाईट गरी जम्मा ९ सय ट्याब्लेट प्रतिबन्धित औषधी फेला पारी पक्राउ गरिएको हो । 

पथरिशनिश्चरे नगरपालिका २ बाट धनकुटा शाँघुरीगढी नगरपालिका–३ का ४२ बर्षीय प्रेमकुमार याखालाई समेत ६ केजी गाँजासहित नियन्त्रणमा लिइएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।