झापा । 

झापाको मेचीनगर–६ मेचीपुलबाट खैरो हेरोइनसहित बिहीवार ७ः३० बजेको समयमा एक जना पक्राउ परेका छन् । ती ब्यक्तिलाई लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाव संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । 

भारतको पानीट्याङकीबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका उदयपुर कटारी नगरपालिका–५ का २५ बर्षिय खगेन्द्र तामाङलाई प्रहरीले पक्रउ गरेको हो । 

तामाङलाई शंका लागेर चेक जाँच गर्दा उनले हातमा बोकेको बैजनी रंगको प्लाष्टिक भित्र जुत्तामा लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध खैरो हेरोइन फेला परेको थियो । 

प्लाष्टिक बाहेक १२ ग्राम ८०० मिली ग्राम फेला परेपछि लागूऔषध सहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।