झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ३ दोकानडाँडास्थित मिलिजुली टोलमा जंगलीले तीन वटा घरमा क्षति प्र्याएको छ । 

जंगली हात्तीले शुक्रवार (आज) बिहान ४ बजेको समयमा सोही स्थानका टंकनाथ पौडेलको पक्की घरको  काठको फ्रेम, सिसाको झ्याल थान फुटाएको, छुनु दनुवारको घरको जस्ता दोबारेको र धनसिंह तामाङको भान्सा घरको पुर्व पट्टीको बेरा फुटाई घर भित्र रहेको  धान खाएर क्षति प्र्याएको हो । 

अस्थाई प्रहरी पोष्ट भृकुटीमा जानकारी प्राप्त हुन साथ प्रहरीको टोली गएर अनुसन्धान गर्दा जम्मा करिब १२ हजार रुपैयाँ बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।