बिर्तामोड ।

 झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा गत फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको झापा गोल्डकपका क्रममा प्रयोग भएका विभिन्न सामग्री बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

मोफसलको सर्बाधिक लोकप्रिय झापा गोल्डकप सफल बनाउन बिर्तामोड नगरपालिका क्षेत्रमा प्रयोग गरिएका विद्युतीय उपकरण, फोहोर फाल्न प्रयोग गरिने डस्विन र सजावटका लागि प्रयोगमा ल्याइएका फूल सहितका गमला नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

झापा गोल्डकपका अध्यक्ष बिनोद वस्नेतले नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडालाई झापा गोल्डकपले प्रयोगमा ल्याएको सामग्री हस्तान्तरण गरेका हुन् ।

शुक्रवार(आज) नगरपालिका पुगेर झापा गोल्डकपका अध्यक्ष बस्नेत, महासचिव गजेन्द्र प्रौडेल, किरण श्रेष्ठ सहितको टोलीले मुक्तिचोकदेखि रंगशालासम्म पुग्ने सडकमा जडान गरिएका २२५ पोलमा रहेका विद्युतीय लाइट सहित ८० वटा डस्विन , फूल सहितको ५५ वटा गमला नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

भौतिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्न आग्रह गर्दै  अध्यक्ष बस्नेतले उपप्रमुख संग्रौलालाई आग्रह गरे । झाापाली फुटवल प्रेमी दर्शकको अपार माया र सद्भाव सहित सम्पन्न झापा गोल्डकपले बिर्तामोड नगरपालिकालाई मात्र नभई समग्र झापा जिल्ला लाई नै चिनाएको भन्दै उक्त समयमा प्रयोग भएका सजावटका सामग्री सहित रंगशालाको संरक्षण र सम्वद्धन दायित्व नगरपालिकाको भएको अध्यक्ष बस्नेतको भनाई छ ।

झापा गोल्डकपले प्रदान गरेका सामग्री ग्रहण गर्दै उपप्रमुख संग्रौलाले गोल्डकपले प्रदान गरेका सामग्रीको संरक्षण अब नगरपालिकाले गर्ने बताए । उनले नगरका विभिन्न क्षेत्रमा आवश्यकताका आधारमा उक्त सामग्रीहरुलाई प्रयोगमा ल्याइने प्रतिवद्धता समेत जनाएका छन् ।