सुनसरी । 

सुनसरीको भोक्राहानर्सिंङ गाउँपालिका–६ उराव टोलबाट लागूऔषध गाँजासहित भारतीय कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिशेष सुचनाको आधारमा प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरी टोलीले WB06E3179 नम्बरको भारतीय कार लक गरी राखेको बेबारिसे अबस्थामा फेला पारेको थियो ।

उक्त कारको लक  खोली चेकजाँच गर्दा कारको डिकी भित्रबाट १ सय ६५ किलोग्राम अवैध गाँजा बरामद गरेसँगै कार नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय जनाएको छ । 

संकेत तस्वीर