सुरुङ्गा । 

मोरङको कटहरी २ मा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शिवगञ्ज सेवा केन्द्रले  शुक्रबार गोष्ठी तथा वित्तीय साक्षरता साथै अभिभावकत्व ग्रहण र सम्मान कार्यक्रम गरेको छ । 

कार्यक्रममा संस्थाले कारोबारको विभिन्न बिधामा उत्कृष्टहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कर्ता भाग्यवती राजवंशी, लक्ष्मी हेमरम, लीलाकुमारी कुमाल, उत्कृष्ट एटीएम जानुकादेवी मगर, सफल ऋणी मुना चम्लगाई, राधा वानियाँ, रेखावती राजवंशी, उत्कृष्ट उद्यमी राजकुमारी राजवंशी, सुरक्षा नेपाल बजगाई र शर्मिला राजवंशी रहेका छन् । 

केन्द्रतर्फ शिवगञ्ज सेवा केन्द्र अन्तर्गत रहेका संस्कृति जीवन विकास केन्द्र, प्रगति जीवन विकास केन्द्र, आरती जीवन विकास केन्द्र, पारिजात जीवन विकास केन्द्र र दन्तकाली जीवन विकास केन्द्रलाई समेत संस्थाले सम्मान गरेको छ ।

कार्यक्रममा संस्थाले ४ जना सदस्य परिवारका ९ जना बालबालिकाको एक वर्षका लागि अभिभावकत्व ग्रहण गरेको छ । संस्थाले ती बालबालिकाको एक वर्षमा शिक्षा आर्जनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने छ ।

यसका साथै शिवगञ्ज सेवाकेन्द्रले आफ्नो सेवाकेन्द्र क्षेत्रमा रहेका संस्थाका सदस्य भएका साथै नभएका न्यून आय भएका परिवारका बालबालिकालाई गौरिगञ्ज १ मा २ वटा ट्युसन सेन्टर मार्फत निशुल्क शिक्षा प्रदान गर्दै आएको संस्थाका शिवगञ्ज सेवाकेन्द्र प्रमुख सचिन्द्रकुमार शाहले जानकारी दिए । कार्यक्रमका शिवसतासी नगरपालिका प्रमुख मेगाहाङ्ग थोप्राको प्रमुख आतिथ्य रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत शिवगञ्ज शाखा प्रमुख साहलेगरेका थिए भने सञ्चालन संस्थाका झापा जिल्ला प्रमुख बसन्त चौधरीले गरेका थिए ।  २१ जिल्लामा कार्यक्षेत्र रहेको जीवन विकासमा ३ लाख २५ हजार सदस्य रहेको सुरुङ्गा शाखा प्रमुख विश्वकर्माले जानकारी दिए ।