चन्द्रगढी । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ स्थित केदारेश्वर शिव पान्चायन मन्दिर समितिको नव निर्वाचित कार्य समितिको सपथ ग्रहण कार्यक्रम  सम्पन्न भएको छ । 

मन्दिर समितिको गत फागुन २५ गते सम्पन्न १४ औ बर्षिक साधरण सभाले भगिरथ नेपालको अध्यक्षतामा निर्वाचित १५ सदस्यीय समितिको सपथ ग्रहण सोमवार (आज) सम्पन्न भएको हो । 

सांस्कृतिक पर्व होलीको अवसरमा सामुहिक टिका ग्रहणका साथै शुभकामना आदान–प्रदान गरिएको उक्त कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम दाहाल, अग्रज समाजसेवी बिष्णुप्रसाद शिवाकोटी, देवकोटा स्मारक संरक्षण समिति अध्यक्ष राजु बराल, मन्दिर समिति पूर्व अध्यक्ष राजेन्द्र रिजाल, प्रकाश एकता कृषि सहकारी अध्यक्ष गोपालप्रसाद श्रेष्ठ, देवकोटा जेष्ठ नागरिक समुह अध्यक्ष हरि पराजुली र भिमप्रसाद निरौलाले शुभकामना मन्तब्य राखेका थिए । 

केदारेश्वर शिव पान्चायन मन्दिर समिति अध्यक्ष भगिरथ नेपालको अध्यक्षता, पार्वती मल्लको स्वागत रहेको कार्यक्रमको सन्चालन वीरेन्द्र मल्लले गगरेका थिए ।