झापा ।

 झापाको बिर्तामोडमा सञ्चालित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतले प्रक्रिया पुर्‍याएको भए बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ’ सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले आदेशको प्रति पाइसकेका नसकेको बताउँदै निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिने बताएका छन्  । 

उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी थियो । सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश जारी गरेको हो ।