सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गामा बंगाली समाजले बिविध सांस्कृतिक कार्यक्रम गरेर  होली पर्वमनाएको छ । अघिल्ला ४ बर्षदेखि नियमित रुपमा होली पर्व मनाउदै आएको बंगाली समाज कनकाईले यस बर्षमा समेत धर्म सस्कृतिको जर्गेना गर्नकै लागि विविध सास्कृतिक कार्यक्रमको गरेर होली पर्व मनाएको हो । 

समाजले सांस्कृतिकसहित विभिन्न खानेकुराका परिकार सेवन गर्दै होली पर्व मनाएको समाजका अध्यक्ष  पंकज मण्डलले जानकारी दिए। होली मिलन कार्यक्रममा कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाईको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा  कार्यपालिका सदस्य कृष्णमाया भुजेल, वडा सदस्य अनिल गोयल, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण कुमार भट्टराई लगायातले होलिको महत्व र बंगाली समाजले आयोजना गरेको होली पर्वले एकअर्काविच भाइचाराको सम्बन्ध अझ बढेर जाने विश्वास व्यक्त गरेका थिए । 

बंगाली समाजका कनकाईका अध्यक्ष पंकज मण्डललको सभापतित्व तथा उपाध्यक्ष दिगम मण्डलको स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रविन मण्डलले गरेका थिए । कार्यक्रममा होली पर्वका गीतहरुमा नाचगान समेत गरिएको थियो । कनकाई नगरपालिका ३ मा मात्रै ४५ घरपरिवारको बंगालीहरुको बसोबास रहेको समाज अध्यक्ष पंकज मण्डलले जानकारी दिए ।