बिर्तामोड । 

केही सय यता दुई वटा समिति गठन गरी आ–आफ्नै कार्य गर्दै आएका राजवंशी समाज विकास समितिको एक पक्षले आफु आधिकारिक भएको दावी गरेको छ । सुवन्तकुमार राजवंशी अध्यक्ष रहेको राजवंशी समाज विकास समितिले बुधवार (आज) बिर्तामोड–३ स्थित भवनमा पत्रकार सम्मेलन गर्दै आफु आधिकारिक समिति भएको जानकारी दिएको हो । 

सुवन्तकुमार राजवंशी अध्यक्ष रहेको समितिलाई चैत १३ गते प्रशासनले नविकरण गरेको आधारमा आफ्नो समिति आधिकारिक भएको समितिका झापा अध्यक्ष उत्तमकुमार राजवंशीले बताएका छन् । ‘नविकरणलाई लागि प्रशासनले मागेको सबै कागजात हामीसँग थियो र दियौं’ झापा अध्यक्ष उत्तमकुमारले भने ‘त्यसकै आधारमा सवै कागजात पुगेपछि हामीले नै आधिकारिक भएको पुष्ठि गर्दै नविकरण भएको छ ।’ 

नविकरण सुवन्तकुमार पक्ष समितिको भएकाले आगामी दिनमा समितिको लेटर प्याड र व्यानर प्रयोग नर्गनसमेत अभय राजवंशी नेतृत्वको समितिलाई उत्तमकुमारले आग्रह गरेका छन् । 

पत्रकार सम्मेलनमा मोरङ जिल्ला सचिव रुपेश राजवंशीले समितिलाई ब्यक्तिगत फाइदाका लागि कसैले प्रयोग गर्न नहुने बताए । ‘राजनीतिक पावर भएपनि समितिमा देखाउने होइन’ रुपेशले भने ‘अन्य समिति बनाएर गतिबिध गर्दा हुन्छ ।’ उनले उक्त समिति सवै राजवंशी समुदायको भएकाले यसको संरक्षण गर्नु पर्ने बताएका छन् । 

उत्तमकुमारले आधिकारिक समिति आफुले नेतृत्व गरेको बताउँदै नयाँ बर्षको अवसरमा हुने सिरुवा पर्वको तयारी शुरु गरिएको बताएका छन् । उनले आगामी बैशाख १ गते बिर्तामोडको मुक्तिचोकबाट बाह्दशीको राजगढसम्म मोटरसाइकल र्याली गरिने साथै १ बजेदेखि कोणसभा गरिने र ३ गते बिर्ताबजारको सैनिकमोडमा बिबिध सांस्कृतिक कार्यक्रम आयोजना गरिने बताएका छन् । 

rajbanshi

पत्रकार सम्मेलनमा समितिका केन्द्रिय सल्लाहकार दलसिंह राजवंशी, केन्द्रिय सचिव लखनलाल राजवंशी, मोरङ जिल्ला सचिव रुपेश राजवंशी, बिर्तामोड नगर अध्यक्ष सिरकलाल राजवंशी, बिर्तामोड सह–सचिव झलकसिंह राजवंशीलगायतको उपस्थिति रहेको थियो । 

उनले २०७९ असार ३० र ३१ गते भएको केन्द्रिय समितिको महाधिवेशनको बन्दसत्रमा सहमति नजुटेपछि साउन १४ गते मोहन राजवंशी संयोजकत्वमा बिशेष अधिवेशन आयोजना गरेर साउन २८ गते सम्पन्न भएको थियो । अभय राजवंशी अध्यक्ष र नौतली राजवंशी केन्द्रिय उपाध्यक्ष भएका थिए । २०७९ साल असार ३० र ३१ गते मोरङको कटहरीमा भएको केन्द्रिय महाधिवेशनमा केन्द्रिय उपाध्यक्ष मोहन राजवंशी र झापा उपाध्यक्ष नौतली राजवंशीले प्रतिनिधिका आधारमा हस्ताक्षर गरेका थिए । सुवन्त राजवंशीको नेतृत्वमा बनेको समितिले समिति बिधान अनुसार अधिबेशन गरेको र अभय राजवंशीको नेतृत्वमा बिशेष अधिवेशन भएको उत्तमकुमारले बताएका छन् । 

दुबै समितिले आफु आधिकारिक भएको दावी गर्दै आएपछि बिवाद चर्किदै आएको थियो । तर, प्रशासनले आफु रहेको समितिलाई नविकरण गर्न दिएकाले आफ्नो नेतृत्वको समिति आधिकारिक भएको उत्तमको भनाई छ ।