बिर्तामोड । 

जिल्लामा सञ्चालनमा रहेका सहकारी संस्थामा झापाको कूल जनसंख्या भन्दा बढी सदस्य रहेको पाइएको छ । झापाको कूल जनसंख्या राष्ट्रिय जनगणना २०७८ अनुसार   ९ लाख ९४ हजार ९० रहेको छ । तर, सहकारी संस्थामा कूल सदस्य संख्या १० लाख ४७ हजार रहेको जिल्ला सहकारी संघ झापाको तथ्याङ्कले देखाएको छ ।

झापामा ७ सय ५६ वटा सहकारी संस्था छन् । जसमध्ये स्थानीय तह अन्तरगत ४ सय २३ र प्रदेश सरकार मातहतमा सञ्चालित ३ सय ३३ वटा सहकारी संस्था रहेको कोशी प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगालले जानकारी दिए ।

झापामा ‘६७ औं राष्ट्रिय सहकारी दिवस’ बृहत रुपमा मनाउने तयारी 
बिर्तामोड । 
जिल्ला सहकारी संघ झापाले ‘सहकारीमा सुशासन,  प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ चैत २० गते झापाको बिर्तामोडमा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको छ ।
संघले बिर्तामोडमा आइतवार (आज) पत्रकार सम्मेलन गर्दैै ६७ औं सहकारी दिवसको तयारीका वारेमा जानकारी गराएको हो । संघका अध्यक्ष गणेश ढकालले यस वर्ष २९ वटा नारासहित वृहत रुपमा सहकारी दिवस मनाउन लागिएको बताएका छन् ।
सहकारी क्षेत्रमा पछिल्लो समय केही समस्या देखिएको बताउँदै अध्यक्ष ढकालले भने ‘सहकारी संस्थाको एकीकरणका लागि राज्यले पनि सहयोग गर्नु पर्छ । एकीकरणका माध्यमवाट सहकारी संस्थालाई बलियो बनाउन सकिन्छ ।’ सहकारीले बैंकिङ कारोवार भन्दा उत्पादन र वजारलाई जोड्नु पर्ने अध्यक्ष ढकालको भनाई छ । सहकारी  सुशासनमा आधारित हुनु पर्ने बताएका ढकालले यस वर्ष सहकारी एकीकरणको अभियानलाई तीब्र बनाइने बताए ।
सहकारी दिवस सफल बनाउन अध्यक्ष ढकालको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल समारोह समिति र ४१ सदस्यीय सचिवालय गठन गरी प्रचार प्रसारलाई तीब्र पारिएको छ ।
सहकारी दिवसका दिन महानन्द चौक,  भगवान चौक, बिर्ता वजार र बस पार्क क्षेत्रबाट प्लेकार्ड र झाकी सहितको ¥याकीको आयोजना गर्दै कार्यक्रम स्थाल सीटी सेन्टरमा सभामा परिणत हुने बताइएको छ ।
कार्यक्रमलाई सभ्य बनाउन २ सय स्वयम सेवक परिचालन गरिने अध्यक्ष ढकालको भनाई छ । कार्यक्रमको उद्घाटन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गर्ने कार्यक्रम तय भएको बताइएको छ । पत्रकार सम्मेलनमा संघका सञ्चालक समिति सदस्य कृष्ण पौडेल,  केशव वस्नेत, व्यवस्थापक सञ्जु देवान लगायतको उपस्थिति रहेको थियो ।

जिल्लाको कूल जनसंख्या भन्दा सहकारी संस्थाका सदस्य धेरै देखिनुमा सहकारीमा दोहोरो सदस्यता हुनु र झापा जिल्लामा सञ्चालित सहकारीको जिल्ला बाहिर पनि कार्यक्षेत्र रहनु भएको कोशी प्रदेश सहकारी संघका सचिव दंगालको भनाई छ ।

झापामा संघीय सरकारको मातहतमा कुनैपनि सहकारी संस्था नरहेको बताउँदै दंगालले भने ‘पछिल्लो समय झापाका केही सहकारी संस्थामा समस्या देखिएको छ, त्यसलाई निराकरण गर्ने जिल्ला सहकारी संघ लागि परेको छ ।’

‘झापामा रहेका कूल सहकारी संस्था मध्ये ३ दशमलव १७ प्रतिशत सहकारीमा समस्या देखिएको छ’ दंगालले भने ‘झापाका २४ वटा सहकारी संस्थामा समस्या देखिएपनि ४ वटा सहकारी संस्था विरुद्ध मात्रै उजुरी परेको र छानविन भइरहेको छ ।’

झापामा सञ्चालित सहकारी संस्थाहरुमा सदस्यको शेयर पूँजी १० अर्व २२ करोड ७८ लाख ३२ हजार ४ सय ६० रहेको छ भने बचत मात्रै ५२ अर्व १७ करोड ५४ लाख ३१ हजार ८६ रुपैयाँ रहेको जिल्ला सहकारी संघ झापा सचिव समेत रहेका दंगालको बताए ।

जिल्लामा सञ्चालित सहकारीहरुमा ६ अर्ब ५ करोड ४५ हजार ७ सय ३० रुपैयाँ बरावरको विभिन्न कोष रहेको उनको भनाई छ ।सहकारी संस्थाको सम्पत्ति तथा दायित्व ८२ अर्ब ७९ करोड ९६ लाख ७७ हजार ७ सय ७२ रुपैयाँ रहेको बताइएको छ ।

नेपालका ७७ जिल्लामा सञ्चालित सहकारी मध्ये झापामा सञ्चालित सहकारीमा आवद्ध सदस्यले बचत भन्दा धेरै ऋण लिएको समेत उनको भनाई छ ।  ‘नेपालका अन्य जिल्लामा यस्तो छैन’ उनले भने ‘झापा मात्र एउटा यस्तो जिल्ला हो जहाँ सदस्यको बचत तथा शेयर पूँजी भन्दा धेरै झापालीले सहकारीबाट ऋण लिएका छन् ।’ ‘झापामा रहेका सहकारीबाट ६५ अर्ब ५७ करोड ५४ लाख २१ हजार १ सय ४० रुपैयाँ सदस्यले ऋण लिएका छन्’ प्रदेश सहकारी संघका सचिव दंगालले भने ।

नेपालमा २९ हजार ८ सय ८६ वटा सहकारी संस्था रहेका छन् । सहकारी विभागको तथ्याङ्कलाई आधार मान्दै दंगालले भने ‘यि सहकारी संस्था मध्ये पनि २ दशमलव ३१  प्रतिशत मात्रै सहकारी संस्थामा समस्या देखिएको छ ।’ दंगालका अनुसार देश भर रहेका ६ सय ९३ वटा सहकारीमा समस्या देखिएको हो । ति मध्ये २१२ वटा सहकारी संस्था विरुद्ध मात्रै उजुरी परेको छ ।

‘झापामा सञ्चालित सहकारी मध्ये सहारा नेपाल, एनएमसी र कर्णाली सहकारी संस्था नेपालका १० उत्कृष्ट सहकारी मध्येमा पर्छन्’ दंगालले भने ‘यो तथ्याङ्क हाम्रो होइन अन्तराष्ट्रिय सहकारी महासंघ(आईसीए) हो । यो संस्थामा ग्लोवल थ्री हन्ड्रेट भनेर प्रत्येक वर्ष विश्वका ३ सय सहकारी संस्थाको सूचि प्रकाशन गर्छ ।’