हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका हातिपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रममा उत्कृष्ट भएको छ ।  पालिकाले आर्थिक बर्ष २०७९/८० को हातिपाईले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेँ बापत स्वास्थ्य सेवा विभागले उत्कृष्ट मुल्यांकन गरि सम्मान गरेको छ ।

पालिकाका सवै स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु, सरोकारवाला तथा कर्मचारीहरूको मेहनतका कारण नै सम्मान मिलेको गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले बताए।

स्वास्थ्य स्वयंमसेविकाहरू, औषधि सेवन गर्ने सवै जन समूदाय, राजनैतिक नेतृत्व सन्चारकर्मी लगायत सवैको महत्वपूर्ण सहभागीता नै सफलताको आधार भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए। यसैगरी आगामी २०८१ बैशाखमा फेरी हुने अभियान सञ्चालन हुने भएको छ ।