बिर्ताामोड । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्थाापना दिवसका अवसरमा आयोजना गरेको वृहत स्वास्थ्य शिविर स्थगित भएको  छ ।

ख्याति प्राप्त न्यूरो सर्जन डा. बसन्त पन्त अस्वस्थ रहेकाले हाललाई स्वास्थ्य शिविर स्थगित गरिएको सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले जानकारी दिए । 

सहारा नेपाल साकोसको २९ औं स्थापनाम दिवसको अवसर पारेर चैत २४ गते मुख्य कार्यालयमा वृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।