संखुवासभा।

संखुवासभाको पाँचखपन नगरपालिका–२ गैरीगाँऊमा छोराको कुटाईबाट बुबाको मृत्यु भएको छ । सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले बुवालाई शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार घाइते भएका थिए ।

सोमवार साँझ साढे ६ बजे छोराको कुटपिटबाट  युवराज राई गम्भिर घाइते भएका थिए । घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले जनाएको कोशी प्रदेश प्रहरीले जानकारी दिएको छ ।