झापा । 

झापा हल्दीबारीको नवकिरण स्र्पोटिङ क्लब अन्तर जिल्ला आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।आइतबार भएको दोस्रो सेमिफाइनलमा नवकिरणले युथ फ्रेण्डस सर्कल, मोरङलाई शून्यका विरुद्ध २ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । 

नवकिरणका लागि संजय धिमाल र प्रदिप बुढाथोकीले गोल गरेसँगै उपाधि नजिक पुगेको हो । नवकिरणले बैशाख ४ गते अर्थात भोली (सोमबार) हुने फाइनलमा कट्टरडाँगी फुटवल क्लब (केएफसी) झापासँग उपाधिका लागि भिड्ने हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापाले जानकारी दिए ।

तिजोक युवा क्लब, पाँचथरको आयोजनामा गत चैत २८ गतेदेखि जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५ हजार ५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।