• रन्जित परियार 

बुट्टावारी । 

बालगृहहरुको महासंघ प्रदेश न १ नेपाल कोशी प्रदेशको दोस्रो साधारणसभा सम्पन्न भएको छ । नमुना बालगृह उर्लाबारीको सभाहलमा सञ्चालित कार्यक्रममा बार्षिक तथा आर्थिक प्रतिवेदन सचिव तेजबहादुर घिमिरेले प्रस्तुत गरेका थिए । 

सभामा समितिका उपस्थित सदस्यहरुले बालगृहहरुमा आइपर्ने आवश्यकता, समस्या, चुनौती र उपलब्धि बारे धारण राखेका थिए । बालगृहमा रहेका बालबालिकाहरुका लागि शिक्षा र स्वास्थसम्मको ब्यवस्थापनका लागि सस्था तोकेर प्रदेश सरकारले दिदै आएको रकम हाल स्थानीय तहले आफू खुसी अन्य सस्थाहरुलाई बिभाजन गरि बितरण गर्दा बालगृहरुलाई समस्या परेको भगिरथा चापागाईंले बताए। त्यसैगरी बालगृहमा रहेका बालबालिकाहरुको अभिभावक पहिचान नखुलेको र उनीहरुलाइ कक्षा ८ मा पुगेपछि अनिवार्य जन्मदर्ता आवश्यकता रहने, अभिभावक बिहिन १८ बर्ष पार गरेका बालबालिकाहरुलाई राज्यले सीप प्रधान गरि रोजगारको ब्यवस्थापन गर्नु पर्ने, बालगृहका बालबालिकाहरुलाई स्थानीय सरकारले स्वास्थ्य बिमा गरिदिनु पर्ने जस्ता कुरा स्थानीय, प्रदेश र केन्द्रिय सरकारसग माग गर्ने निमित्त अध्यक्ष नारायणप्रसाद पोख्रेलले बताए। 

कार्यक्रममा कोशी प्रदेशका  १४ जिल्ला अन्तर्गत १६ बालगृहमा रहेर उच्च शिक्षा हासिल गर्ने निसा बालगृह इटहरीका लिचन गौतम पूर्वाञ्चल बालसेवा केन्द्रका सुरेश नेपाल, खेलकुद तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत स्वर्ण पदक बिजेता नमुना बालगृह उर्लाबारीका किरण मगर, लोपोन्मुख विद्यार्थीको तर्फबाट नमुना बालगृह उर्लाबारीकि सुनिता चेपाङलगायतलाई  सम्मान एवम् पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, बिशिष्ठ अतिथिहरु महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला सुब्बा, वडा ध्यक्ष उर्मिला थापालगायतले शुभकामना मन्तव्य राखेका थिए । महासंघका सदस्य ब्युटी श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव तेजबहादुर धिमिरेले गरेका थिए ।