हल्दीबारी । 

झापाको हल्दीवारी गाउँपालिका वडा नम्बर २ स्थित जीवन बस्तीका  एक बिरामीलाई गाउँपालिकाको अस्पतालमा भर्ना गरिएको छ । 

एक बर्षअघिदेखि बिरामी जीवन बस्तीका चिराकुटी राजवंशीलाई हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनको पहलमा उपचारका लागि अस्पताल भर्ना गरिएको हो । अतिविन्न राजवंशी बिगत एक बर्षदेखि सुगर रोगका कारण घरमै थला परेर बसेका थिए ।

  मजदुरी गर्दै आएका उनी रोगका कारण थला परेर घरमै रोगका साथमा लडिरहेको अवस्था अध्यक्ष लिङदेनको पहलमा वडा नम्बर २ अध्यक्ष सुकलाल राजवंशी, कार्यपालिका सदस्य विजय राजवंशीसहित स्थानीयको सक्रियतामा सोमवार गाउँपालिकाको अस्पतालमा लगिएको बताइएको छ ।