भद्रपुर । 

मातातीर्थ औशीको अवसर पारेर भद्रपुरमा पाँचसय बढी जेष्ठ आमाहरुलाई सम्मान गरिएको छ । भद्रपुर नगरपालिका वडा नम्बर ७ निवासी सामाजसेवी पोखरेल परिवारले आमाहरुलाई सम्मान गरेका हुन् । 

भद्रपुरका समाजसेवी दीपककुमार पोखरेल, उनकी धर्मपत्नी गिताकुमारी पोखरेल र दाजु बालकुमार पोखरेल (साइराम) सहित परिवारले माताहरुलाई सम्मान गरेका छन् । 

सौर्य एयरलायन्स  तथा ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दीपक र उनका दाजु ओम साई पाथिभरा हस्पिटलका प्रवन्ध निर्देशक बालकुमारसहित पोखरेल परिवारले बुधवार (आज) भद्रपुर–७ स्थित निजि निवासमै आमाहरुलाई सम्मान गरेका हुन् । dipak

पोखरेल परिवारले आमाहरुलाई साडी, नगदसहित मिष्ठान भोजन गराएर सम्मान गरेका थिए । यसअघि २ पटक मातातीर्थ औंशीमा माताहरुलाई सम्मान गर्दै आएको पोखरेल परिवारले आगामी प्रत्येक बर्ष पनि उक्त कार्यलाई निरन्तरता दिने समाजसेवी दीपकले बताए । 

भद्रपुर नगर भरीका ६८ बर्षदेखि १०५ बर्षसम्मका  जेष्ठ आमाहरुलाई सम्मान गरिएको बालकुमारले जानकारी दिए । सोही कार्यक्रमकाबिच आमाहरुको स्वास्थ्य परिक्षणसमेत गरिएको थियो ।