उदयपुर । 

जिल्ला प्रहरी कार्यालय उदयपुरमा नव निर्मित शैलेश्वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मृति उद्यान र द लाइब्रेरी क्याफे संगठनको उद्घाटन गरिएको छ । 

 प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो ।  बिहीवार (आज) एक बिशेष कार्यक्रमको आयोजना बिच कार्यक्रमका प्रमुख अतिथि कुँवर तथा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतको अध्यक्षतामा नव निर्मित मंदिर, उद्यान र द लाइब्रेरी क्याफेको बिधिवत रुपमा ल.उद्घाटन भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि कुँवर, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ, उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, त्रियुगा जनता बहुमुखी क्याम्पस प्रमुख डा. कैलाशकुमार राई, त्रियुगा नगरपालिका उप–प्रमुख महेश्वरी राई, नेपाल पत्रकार महासंघ उदयपुर अध्यक्ष भरत खड्काले शुभकामना मन्तव्य राखेका थिए ।  त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतले धन्यबाद मन्तव्य राख्दै शान्ति सुरक्षाको क्षेत्रमा स्थानीय सरकार सदैव नेपाल प्रहरीको साथमा रहेको बताएका छन् । 

उक्त कार्यक्रमा प्रमुख अतिथि कुँवरले उत्कृट प्रहरी कर्मचारी र प्रहरीलाई सहयोग गर्नु हुने महानुभावहरूलाई प्रशंसा पत्रद्वारा तथा ८० बर्षभन्दा बढी उमेर भएका पूर्व प्रहरीहरुलाई दोसल्ला उडाई सम्मान गर्नु भएको थियो । वहाँले जिल्ला स्थित रहेका अमर प्रहरी परिवार तथा पुर्व प्रहरी कर्मचारीहरुसँग अन्तर्क्रिया तथा छलफल समेत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, बिभिन्न स्थानिय पालिकाहरुका प्रमुख, जन(प्रतिनिधिहरु, जिल्ला न्यायाधिश हरिश्चन्द्र इङनाम, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय भद्र भलादमी, नागरीक समाजका प्रतिनिधिहरु, पुर्व प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, बिभिन्न सरकारी तथा गैह्र(सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।