हल्दीबारी । 

झापाको हल्दीवारी वडा नम्बर ४ मा मेचे युवा क्लबको आयोजनामा भएको प्रथम हल्दीवारी टोलस्तरीय लिगकम फुटवल प्रतियोगिताको आजको खेल २÷२ गोलको बराबरीमा टुुङ्गीएको छ । हल्दीबारी–४ को पाथिभरा खेल मैदानमा हुँदै गरेको खेल बर्षाका कारण ढिलो गरी शुरु भएको थियो । आज (आइतवार) को खेलमा जलथल ५ र जलथल ६ बिच प्रतिस्पर्धा भएको थियो । 

निर्धारित २५÷२५ मिनेटको खेलमा जलथल ६ का जर्सी नम्बर ३ का बर्मा टुडुले ११ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको २१ औं मनेटमा बर्मा टुडुले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । 

पहिलो हाफमा २–० को अग्रता लिएको जलथल ६ ले अग्रता बचाउन नसक्दा दोस्रो हाफको ३२ औं मिनेटमा जलथल ५ का टिम क्याप्टेन जर्सी नम्बर १७ का सचिन मेचेले पहिलो गोल गर्न सफल भएका थिए । त्यस्तै जर्सी नम्बर १९ का मणिराज योन्जनले आफ्नो टिमलाई गोल गर्दै बराबरी बनाउन सफल भएका थिए ।  खेलको म्यान अफ दि म्याच जलथल ५ का जर्सी नम्बर ६ का सर्वन मेचे घोषित भए । उनले हल्दीबारी ४ का वडाध्यक्ष सन्तकुमार थापाको हातबाट ट्रफी प्राप्त गरे । 

योसँगै २ वटा खेल खेलेको जलथल ६ को २ अंक छ भने जलथल ५ को १ अंक रहेको छ । शनिवारबाट शुरु भएको प्रतियोगिता जेठ ५ गते सम्पन्न हुनेछ ।