हल्दीबारी । 

मेचे युवा क्लबको आयोजनामा भएको प्रथम हल्दीवारी टोलस्तरीय लिगकम फुटवल प्रतियोगिताको आजको खेलमा जलथल ६ ले जलथल ७ लाई हराउँदै बिजयी भएको छ । 

झापाको हल्दीवारी वडा नम्बर ४ को पाथिभरा खेल मैदान भएको आजकोचौथो  खेलमा जलथल ६ ले ७ लाई ५–० को पराकिलो अन्तरले पछि पार्दै जित हासिल गरेको हो । 

निर्धारित २५÷२५ मिनेटको खेलमा पहिलो हाफको १८ औं मिनेटमा जलथल ६ का जर्सी नं. १० का एन्जल राना मगरले फ्रि किक मार्फत गोल गरेका थिए । त्यस लगत्तै खेलको १९ औं मिनेमा जलथल ६ का जर्सी नं. ११ का संदिप ठटालले गोल गरे भने २३ औं मिनेटमा जलथल ६ का जर्सी नं. ३ का बर्मा टुडुले गोल गर्दै पहिलो हाफ सकिदा जलथल ६ ३ गोलका साथ अग्रता लिएको थियो । 

दोस्रो हाफको ३५ औं मिनेटमा जलथल ६ का जर्सी नम्बर ११ का संदिप ठटालले चौथो गोल गर्दै फराकिलो अग्रता बनाएका थिए भने खेलको ३८ औ मिनेटमा जर्सी नं. ३ का बर्मा टुडुले टिमका लागि ५ गोल गरेका थिए । 

खेलको म्यान अफ दि म्याच  जलथल ६ का जर्सी नं. ११ का संदिप ठटाल घोषित भए । उनले हल्दीबारी ४ का वडा सदस्य तारा ढकालका हातबाट ट्रफी प्राप्त गरे । यो खेलसँगै एक जित दुई बराबरी भएको जलथल ६ शीर्ष स्थानमा छ भने जलथल ५ चार अंकका साथ दोस्रो स्थान र जलथल ७ एक अंकको साथ तेस्रो स्थानमा रहेको हल्दीबारी ४ का वडाध्यक्ष सन्तकुमार थापाले जानकारी दिए । 

मंगलबार(भोली) जलथल ६ र ५ बिच प्रतिस्पर्धा हुनेछ । शनिवारबाट शुरु भएको प्रतियोगिताको फाइनल जेठ ५ गते हुनेछ ।