हल्दीबारी । 

झापाको हल्दीबारीमा जारी प्रथम हल्दीवारी टोलस्तरीय लिगकम फुटवल प्रतियोगितामा साविक जलथल ५ र ६ को खेल बराबरीमा सकिएको छ । मेचे युवा क्लबको आयोजनामा भएको फुटवल प्रतियोगिताको बुधवारको खेल बराबरीमा टुङ्गिएको हो । 

हल्दीवारी–४ को पाथिभरा खेल मैदान भएको बुधवारको पाँचौं खेलमा जलथल ५ का जर्सी नं. ११ का टिम क्याप्टेन सचिन मेचेले २२ औं मिनेटमा २० गार्डको लमजङ सुट मार्फत जाली चुमाउँदै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा  १ –० ले जलथल ५ ले अग्रता लिएको थियो । दोस्रो हाफमा जलथल ५ ले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा टुङ्गिएको थियो । 

निर्धारित २५÷२५ मिनेटको खेलको दोस्रो  हाफको ३४ औं मिनेटमा जलथल ६ का जर्सी नं. ८ का अनिल मगरले गोल गर्दै खेल बराबरी भएको थियो । खेलको निर्धारित समयमा दुबै टिमबाट कुनै थप गोल हुन नसक्दा १–१ को बराबरीमा खेल सम्पन्न  भएको थियो । 

खेलको म्यान अफ दि म्याच  जलथल ६ का जर्सी नं. ८ का अनिल मगर घोषित भए । उनले हल्दीबारी ४ का वडाध्यक्ष सन्तकुमार थापाको हातबाट ट्रफी प्राप्त गर्दै सम्मानीत भए  । यो खेलसँगै पोइन्ट टेबलमा कुनै हलचल नभई ४ वटा म्याच खेलको जलथल ६ ले तीन ड्र र एक जितका साथ ५ पोइन्ट ६ अंक त्यस्तै समान अंक खेलेको जलथल ७ एक ड्र र दुई हारको साथ शुन्य पोइन्टसहित पुछारमा रहँदै फाइनलबाट बाहिरिएको छ ।  

बिहीवार (आज) को लिगकमको अन्तिम खेल जलथल ५ र ७ ले खेल्दैछन् ।   शनिवारबाट शुरु भएको प्रतियोगिताको फाइनल जेठ ५ गते हुनेछ ।