बिर्तामोड । 

कोशी प्रदेशमै पहिलोपटक भएको चलचित्र महोत्सवले चलचित्रकर्मीहरु उत्साहित भएका छन् ।  चलचित्र महोत्सवले निर्माता, कलाकारसहित सवै चलचित्रकर्मीमा हौसला वढेको छ । कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको प्रवर्धन गर्ने उद्देश्यले गत जेठ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन भइरहेकोे महोत्सव झापामा आज (बुधवार) सम्पन्न भएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय बिराटनगरको आयोजना, नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको ब्यवस्थापन तथा चलचित्र पत्रकार संघ झापाको संयोजनमा महोत्सव भएको थियो । 

बिर्तामोडमा भएको चलचित्र महोत्सवमा बिभिन्न समुदाय, जातजाती, भाषाभाषीका प्रदेशमा छायङ्कन भएका चलचित्र प्रदर्शन गरिएको थियो । आज बिर्तामोडको पाथिभरा सिने प्लाजा हलमा ‘लीलामे माइला’ चलचित्र प्रदर्शनपछि झापाको बिर्तामोडमा आयोजित महोत्सव सम्पन्न भएको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले जानकारी दिए ।  उनका अनुसार कोशी प्रदेशमा चलचित्र क्षेत्रमा लगानी वृद्धि एवम् चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । 

chall

महोत्सवमा विभिन्न जाति तथा समुदायका सांस्कृतिक झाँकी प्रदर्शन  गरिएको थियो । महोत्सवको समापन विराटनगरमा जेठ ११ गते शुक्रवार  हुनेछ । तामाङ चलचित्र संघका अध्यक्ष तथा लीलामे माइला चलचित्रका निर्माता भीम लामा, निर्माता आर्मी थाम्देन, पाथिभरा सिने प्लाजा हलका अध्यक्ष युवराज प्रसाई, कलाकारलगायत दर्शकहरुले चलचित्र महोत्सवले चलचित्रकर्मीसहित सिनेमा घरलाई उत्साहित बनाएको भन्दै यस्ता महोत्सवलाई सरकारले निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् ।