- रन्जित परियार
बुट्टाबारी
कवि अभागी थेगुवाले ‘सपनाहरुको बही’ कविताकृति संग्रह वजारमा ल्याएका छन् । श्रष्टा पव्लिकेसन्सद्धारा प्रकाशित उनको कविता संग्रहको शुक्रवार दमकमा एक कार्यक्रमका बीच लोकापर्ण गरिएको हो ।
वरिष्ठ साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्य तथा पूर्वका अग्रज श्रष्टाहरुको उपस्थितिमा कृतिको संयुक्त रुपमा लोकापर्ण गरिएको हो ।श्रष्टा पव्लिकेशन्सका अध्यक्ष सुन्दर कुरुपको अध्यक्षतामा भएको कृति सार्वजनिक समारोहमा कृतिमाथि श्रष्टा तथा सामाजिक क्षेत्रका अगुवाहरुले नेपाली साहित्यीक क्षेत्रमा यस कृति पठन योग्य भएको चर्चा गरेका थिए ।
कृतिमाथि लेखक थेगुवाले कृतिको विषयवस्तु प्रकाश पार्नुका साथै कृतिको एउटा कविता सुनाएका थिए । स्थानीय गोर्खा डिपार्टमेन्टको सभाहलमा भएको कृति सार्वजनिकरण कार्यक्रममा वक्ताहरु प्रकाश थाम्सुहाङ,लीला अनमोल,प्रकाश बुढाथोकीसहितका श्रष्टाले कृतिको विषयमाथि चर्चा गरेका थिए ।
कार्यक्रममा प्राज्ञहरु मुनाराज शर्मा, सुमित्रा वाङदेल, चन्द्र भण्डारी,शिवशंकर थापा, हेम अधिकारी, हस्त परियार, पुन्य प्रसाद खरेल,बिवस बलिभद्र कोइराला,कृष्ण बराल लगायतका श्रष्टाहरुको उपस्थिति रहेको थियो ।सोहि अवसरमा श्रष्टा पव्लिकेशन्सको औपचारिक रुपमा उद्घाटन समेत गरिएको थियो । कार्यक्रममा स्वागत पब्लिकेसनका याम थुलुङ्ग र सहजीकरण कवि राजकुमार सुब्बा अनिश्चितले गरेका थिए ।


















