• रन्जित परियार 

अर्जुनधारा 

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा शाखाको आयोजनामा शिक्षक पेशागत बिकास दोस्रो चरणको टिपिडि तालीम शुरु भएको छ । आधारभूत तह १–५ का अध्यापनरत २३ जना  स्थायी शिक्षकहरुका लागि एकीकृत पाठयक्रमा आधारित १० दिने प्रमाणीकरण तालीम सन्चालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप सचिव तोयानाथ रेग्मीले जानकारी दिएका हुन् ।  

शिक्षकहरुको वृत्ति बिकाससँगै आधुनिक प्राविधिहरु नवीनता ज्ञान सिपहरु प्रयोगले कक्षा शिक्षण सिकाइमा दक्षता बढाउने गुणस्तरीय शिक्षा प्रदान गरि असल नागरिक उत्पादन गर्न सक्षम बनाउने भन्दै प्रमुख आतिथि शिक्षा बिकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार बिश्वकर्माले सहभागी सम्पूर्ण शिक्षकहरुलाइ शुभकामना एवम् आयोजक शिक्षा शाखालाई धन्यवाद व्यक्त गरेका थिए । 

पछिल्लो समय सामुदायिक बिद्यालयहरुमा अद्ययन गर्न आउने विद्यार्थीहरुको चाप बढदै गएको र सरकारले शिक्षक पेसागत बिकास तालिम तथा अन्य भौतिक एवम् शिक्षकहरुका लागि अन्य तालीम प्रदान गर्दै आएकोमा नगर भित्रै नमुना बिद्यालयको रूपमा देखापर्न थालेकोमा खुसी व्यक्त गर्दै अतिथिहरु नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर अध्यक्ष चन्द्र खत्री सचिव टन्क न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक सगठन नगर अध्यक्ष केदार पोख्रेल, नेपाल शिक्षक संघ नगर अध्यक्ष सुजाता शिवाकोटी, एन्टोका रुद्र खतिवडा, नगर कर्मचारी परिषद अध्यक्ष रुद्र पौडेलले तालीम सफलताको शुभकामना व्यक्त गरेका थिए । 

यसैगरी १० दिनसम्म शिताके सुनसरीका सहजकर्ता सुपेनचन्द्रशिह राजवंशी, रेवन्तबहादुर बस्नेत, मानबहादुर देवकोटा, सोममणी कोइरालालगायत रहेका छन्। 

नगरको आ व २०८०÷०८१ बजेट अनुसार नगरको आर्थिक ब्यवस्थापन र शिक्षा तालीम केन्द्र सुनसरीको प्रशिक्षण सहजीकरण रहेको शिक्षा अधिकृत सुनिता भट्टराईले बताइन् । उदघाटन कार्यक्रमको सहजीकरण प्राबिधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।