बिर्तामोड। 

बिर्तामोड नगरपालिका वडा नम्बर १० मा उदघोषण, माइन्युट  लेखन तथा फरदर करियर सम्बन्धी तालिम शुरु भएको छ ।बिर्तामोड–१० को आर्थिक सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका बिधार्थी लक्षित गरी शुरु भएको  कार्यक्रमको बिर्तामोड–१०  का वडाध्यक्ष दुर्योधन गुरुङले उदघाटन गरे ।

उदघाटन कार्यक्रम वडाध्यक्ष गुरुङ, वडा सदस्य पृथ्वी बस्नेत, महेन्द्र ज्योति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भवानी शिवाकोटीलगायतले आ–आफ्नो धारणा राखेका थिए । 

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता रहेको कार्यक्रममा संयोजक संजु शिवाकोटीले स्वागत तथा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारी औचित्य माथि प्रकाश पारेकी  थिइन्।

सञ्चार गृहकी कार्य समिति सदस्यद्वय संजु शिवाकोटी र टिका पोखरेलको संयोजनमा संचालित  तालिमको  पहिलो दिन बुधवार  हिमालय मल्टीपल क्यामपस धुलाबारीका सहायक प्रधानाध्यापक सागर शिवाकोटीले फरदर करियर सम्बन्धी प्रशिक्षण दिएका थिए ।  

सह–सचिव ज्योस्ना श्रेष्ठले सञ्चालन गरेकी उदघाटन कार्यक्रममा वडा सदस्य धनमाया श्रेष्ठ, सचिव दुर्गा अधिकारी, लेखा प्रमुख पुष्कर घिमिरे लगायत टोल विकास संस्थाका प्रतिनिधिहरूको आतिथ्य रहेको थियो ।