• रन्जित परियार 

अर्जुनधारा । 

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा शाखाको आयोजनामा शिक्षक पेशागत बिकास दोस्रो चरणको टिपिडि तालिम सम्पन्न भएको छ । आधारभूत तह १–५ का अध्यापनरत २३ जना स्थायी शिक्षकहरुका लागि एकीकृत पाठयक्रमा आधारित १० दिने प्रमाणीकरण तालिम सन्चालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप सचिव तोयानाथ रेग्मीले जानकारी दिए ।  

शिक्षकहरुको वृत्ति बिकाससँगै आधुनिक प्राविधिहरु नवीनता ज्ञान सिपहरु प्रयोगले कक्षा शिक्षण सिकाइमा दक्षता बढाउने र गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत मिल्ने प्रमुख आतिथि तथा अर्जुनधारा नगरपालिकाकि उप–प्रमुख खड्गमाया पराजुलीले बताएकी छिन् । उनले असल नागरिक उत्पादन गर्न सक्षम बनाउन आफ्नो बिद्यालयमा आफूसँगै बिद्यालयमा रहने अन्य गुरुबर्गलाई आफ्नो अनुभव साटासाट गर्न सहज हुनेसमेत बताइन् ।  

तालीमले शिक्षकहरुमा उर्जासँगै सहजीकरण विधि र नयाँ एकीकृत पाठयक्रमको मर्म र प्रबिधिमय शिक्षणको बाटो खोलेको भन्दै सुनसरीसम्म पुगेर दुई पटक गरि १ महिने तालीम लिन निकै समस्या हुने गरेको तालिममा सहभागी शिक्षकहरुले बताए । प्रशिक्षार्थीको तर्फबाट जुनकीरी साआबिका प्रधानाध्यापक रन्जित परियार र सिंहदेबी माबिकि शिक्षक इन्दिरा शर्माले तर, शिक्षा शाखा अर्जुनधारा नगरपालिकाले स्थानीय तहमै तालीमको आयोजना गरेको र घरकै खाना खाएर  तालिम लिन पाएकोमा धन्यवाद व्यक्त गरेका थिए । 

पछिल्लो समय सामुदायिक बिद्यालयहरुमा अध्ययन  गर्न आउने विद्यार्थीहरुको चाप बढदै गएको र सरकारले शिक्षक पेसागत बिकास तालिम तथा अन्य भौतिक एवम् शिक्षकहरुका लागि अन्य तालीम प्रदान गर्दै आएकोमा नगर भित्रै नमुना बिद्यालयको रूपमा देखा पर्न थालेकोमा खुसी व्यक्त गर्दै स्थानीय तहमै यसरी तालीम सन्चालन गर्ने झापामा पहिलो नगर र तालीम पाउने भाग्यमानी शिक्षकहरुप्रति आगामी दिनमा कस्तो परिवर्तन आउँछ भन्दै शिताके सुनसरीका सहजकर्ता मानबहादुर देवकोटा शिक्षा अधिकृत सुनिता भट्टराई लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए । 

त्यसैगरी १० दिनसम्म शिताके सुनसरीका सहजकर्ता सुपेनचन्द्रसिंह राजवंशी, खेमराज लिम्बू, उमेश बुढाथोकी, तीर्थमान राई, मानबहादुर देवकोटालगायत रहेका छन्। 

नगरको आ व २०८०/०८१ बजेट अनुसार नगरको आर्थिक ब्यवस्थापन र शिक्षा तालीम केन्द्र सुनसरीको प्रशिक्षण सहजीकरण रहेको शिक्षा प्रमुख  तोयानाथ रेग्मीले बताए। प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्राबिधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।