हल्दीबारी ।

झापाको हल्दीबारी गाउँपालिकामा महिलाहरुलाई लक्षित गरेर १५ दिन अघि सुरु गरिएको नौमती बाजा बजाउने तालिम आज (सोमवार) सम्पन्न भएको छ ।   संयुक्त महिला आवाज नेपाल संस्था र हल्दिबारी गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको तालिममा हल्दीबारी वडा नम्बर ३, ४ र ५ का महिलाहरुको सहभागीता रहेको थियो । 

महिलाहरूलाई स्वालम्वी बनाउन तथा आर्थिक हैसियत सुधार गर्ने उद्देश्यले  तालिमको आयोजना गरिएको बताइएको छ । तालिमसँगै सहभागीहरूको बाजा बजाउन सक्ने समूह समेत तयार भएको छ।

बाजाको आवश्यकता आफ्नै ठाउँमा पूरा गर्न आयोजना गरिएको तालिममा सहभागीहरूलाई व्यवसायीक बनाउन गाउँपालिकाले बाजागाजा तथा पोशाकमा सहयोग गर्ने आजका प्रमुख अतिथि एवंम हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले प्रतिबद्धता व्यक्त गरेका थिए। महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाकी हल्दीबारी शाखा अध्यक्ष शान्ता शिवाकोटीले बताइन्।

समापन कार्यक्रमलाई वडा नम्बर १ का वडा अध्यक्ष देवी बहादुर थापा, २ का अध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्य सुष्मा महरा, संयुक्त महिला आवाज केन्द्रीय अध्यक्ष शिखा खड्का गणेश प्रशिक्षक, राजकुमार शिवा, प्रशिक्षार्थी गिता कडरीया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संयुक्त महिला आवाज हल्दिबारीकि अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा  हल्दीबारी ४ का वडाध्यक्ष सन्तकुमार थापा, संस्थाकी केन्द्रीय अध्यक्ष शिखा खडका गणेश, लगायतको आतिथ्यता रहेको थियो।स्वागत संयोजक शारदा लिङदेनले गरेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव रेनुका राईले गरेकी थिइन्। कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र तथा प्रशिक्षकलाई कदरपत्रले सम्मान गरिएको थियो।