झापा । 

झापाका छुट्टाछुट्टै स्थानबाट दुई जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट गएराती उनीहरुलाई पक्राउ गरिएको हो । 

अर्जुनधारा नगरपालिका वडा नम्बर ३ मदनपुर टोलबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको  प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा सोही स्थानका अन्दाजी ३७ बर्षिय दिलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । 

विश्वकर्मालाई गएराती ८ः३० बजेको समयमा शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा प्रतिवन्धीत लागूऔषध ब्राउन सुगर  प्लास्टिक बाहेक १ ग्राम ४०० मिलिग्राम रहेको भेटिएको प्रहरीले जनाएको छ । उक्त लागूऔषधसहित विश्वकर्मालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीस्थित बिर्तामोडमा ल्याएर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

त्यसैगरी मेचीनगर–६ पुरानो मेचीपुलमा प्रहरी टोलीले भारततर्फबाट भाडाको सिटी सफारीमा आउँदै गरेका बिर्तामोड–५ का ३८ बर्षिया सुमन भन्ने सुर्यबंशी रायलाई शंकास्पद अवस्थामा फेला पारी सोधपुछ गर्दा लाष्टिकले पोका पारेको लागूऔषध अवस्थामा खैरो हेरोइन प्लाष्टिक बाहेक तौल गर्दा १ ग्राम ८५  मिलिग्राम फेला पारेको थियो । उनको साथबाट लागूऔषध बरामद गरी रायलाई नियन्त्रण लिएर  आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।