झापा । 

आईसीसी टी–२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ।

सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुरै १९.२ ओभरमा  अलआउट भएको हो। ८५ रन बनाएको नेपाल वंगलादेशसँग २१ रनले पराजित भएको हो । 

यो पराजितसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट स्वदेश फर्किने भएको छ। बंगलादेश भने विश्वकपको सुपर ८ प्रवेश गरेको छ।