झापा ।  

झापाको कनकाई नगरपालिका र शिवसताक्षी भएर बग्ने माई खोलामा आएको बाढीले अन्दाजी ५० बिघामा लगाएको मकै खेतीमा क्षति पुगेको छ । 

असार १, २ र ३ गते परेको अबिरल बर्षाका कारण झापा गाउँपालिका वडा नम्बर २ सुगा–बथान टोल नजिकमा स्थानियले लगाएको मकै खेती अन्दाजी ५० बिघामा क्षति पुगेको हो । 

उक्त स्थानमा लगाएको मकै खेतीमा पानी पसेर नष्ट भएको भएपनि , घर तथा अन्यमा क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 संकेत तस्वीर