झापा । 

अविरल वर्षाको कारण झापास्थित झापा गाउँपालिका वडा नम्बर ६ युवा टोलका चार घरपरिवार बिस्थापित भएका छन् । उनीहरुको टाँटी बेराले बनेको टिनको छानो भएको एक तल्ले घरमा हिजो र आज बिरिङ खोलाको पानी पसेर अन्दाजी ३ फिट डुबान भएपछि बिस्थापित भएका हुन् । 

झापा गाउँपालिका–६ युवाटोलका दिपक आचार्य परिवार संख्या ७, सोही स्थानका सिता दुलाल परिवार संख्या ४, प्रदिप सिंह परिवार सख्या ३ र नविन बराईली परिवार संख्या ४ जना विस्थापित भएका हुन् । 

४ घरपरिवार विस्थापित बनेर सोही स्थानका केदार श्रेष्ठको खाली घरमा स्थान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी चौकी शरणामतीमा जानकारी प्राप्त हुन साथ प्रहरी टोली गएर गएर स्थान्तरणमा सहयोग गरेको बताइएको छ । 

संकेत तस्वीर