झापा । 

 झापाको झापा गाउँपालिका वडा नम्बर ४ बाट लागू औषधसहित एक जनालाई प्रहरीले आइतवार साँझ ६ः३० बजेको समयमा नियन्त्रणमा लिएको छ । 


इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी गाउँपालिका वडा नम्बर ३ धरमपुरका २१ बर्षिय पाण्डे भन्ने थरेन्द्र गुरुङलाई नियन्त्रण लिएको हो । 


 गुरुङलाई प्र.१ –०१–०१७ प १७९८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदैं गरेको अवस्थामा शंका लागेर रोकी चेकजाँच गर्दा उनको साथबाट लुकाई छिपाई ल्याउँदैं गरेको प्रतिबन्धित लागु–औषध ब्राउन सुगर प्लाष्टिक बाहेक २ ग्राम ५९ मिलीग्राम फेला परेको थियो । 


उक्त लागूऔषध फेला परेसँगै उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।